• सोमबार, भाद्र १ २०८३

ओलीलाई नेपाल पक्षको निम्तो : भोलिको कार्यक्रममा प्रमुख अतिथि भएर आउनुहोस्


मंगलबार, चैत्र ३ २०७७
715
Shares


नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गरेका छन्।

चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन्।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’

उनले देशभरिबाट आएका तपाईंकै कार्यकर्ता भएको स्मरण गराउँदै आवेग र उत्तेजनामा नआउन आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार