• मंगलबार, साउन १२ २०८३

भोलिको गुट भेलामा गए र गराए कारबाही हुन्छः प्रधानमन्त्री


मंगलबार, चैत्र ३ २०७७
770
Shares


प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाल—नेपाल समूहले आयोजना गर्ने कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भोलि र पर्सी आयोजना हुने राष्ट्रिय कार्यकर्ताको भेलामा सहभागी नहुन अनुरोध गरेका हुन्।

पार्टीले माघ ७ गते केन्द्रीय कमिटिको बैठक बोलाएको भन्दै त्यसअघि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको भन्दै अनुशासनहीन काम गरेको खण्डमा विधानअनुसार कारबाही गरिने चेतावनी दिए।

उनले भोलिको भेलामा एक नजर त्यतातिर लगाउनेसमेत बताए। सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाई छ। आजको चियापान कार्यक्रममा सहभागी नहुन भनेर गुटको बैठक नै बसाएर निर्णय गरेको सुन्नमा आएको भन्दै त्यस्तामाथि थप कदम चालिने ओलीको चेतावनी छ।

आफ्नो नीति कसैप्रति पनि लाचार र रिस बैभवको भावना नरहेको भन्दै गलत गर्नेलाई कुनै पनि हालतमा नछाडिने बताए।

विचार केन्द्रीत अनुशासित, र संगठित भएर अगाडि बढ्नुपर्ने भन्दै ओलीले विचारको राजनीति गर्ने छुट सबैमा भएको बताए।

अध्यक्ष ओलीले पार्टीले बोलाएको चियापानमा नआएर कसको निम्तामा जाने भन्दै असन्तुष्ट पक्षका नेताहरूलाई प्रश्न गरेका थिए। ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गरेका हुन्।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपालप्रति कटाक्ष गर्दै पार्टीले बोलाएको चियापानमा बैठक बसेरै नआउने निर्णय गरेको भन्दै व्यङ्ग गरे।

ओलीले चियापानमा नेताहरू नआउनु राम्रो लक्षण नभएको टिप्पणी गरे।

ओलीले पार्टीलाई धम्क्याएर र झुर्‍क्याएर ठेगान लगाउने नसोच्न आग्रह गर्दै विधिविधान अनुसार पार्टी चल्ने स्पस्ट पारे। नचाहिने कुराका अगाडि पार्टी नझुक्ने स्पस्ट पार्दै उनले सत्यसँग नलड्ने, निउँखोजहाहरूसँग नझुक्ने आफूहरूको नीति रहेको स्पष्ट पारे।

ओलीले कसैले उक्साहट र विभिन्न हल्ला फैलाएर आवेश र उत्तेजनामा ल्याउन खोजे पनि संयम र गम्भीर हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे। यद्यपि आफूहरू लाचार भने नबन्ने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार