काठमाण्डौ । नेपाल लोकतान्त्रिक खेलकुद संघको बाग्मती प्रदेश कार्यसमिति सदस्यमा विनोद बाँनिया मनोनित भएका छन् ।
संघका प्रदेश अध्यक्ष दिपक गुरुङले मंगलबार बानियाँलाई सदस्यमा मनोनित गरेका हुन् ।
गोरखा नगरपालिका वडा नम्बर २ घर भएका बानियाँ विगत एक दशकयता काठमाण्डौमा रहेर नेपाली काँग्रेसको भातृ संस्था तरुण दलको राजनीतिमा समेत सकृय छन् ।
