• मंगलबार, साउन १२ २०८३

राष्ट्रपति भण्डारीले प्रमुख दलहरूसँग छलफल गर्दै


मंगलबार, चैत्र ३ २०७७
590
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्।

पछिल्लो राजनीतिक परिस्थितबारे आह्वान गरिएको सर्वदलीय बैठक मंगलबार अपराह्न ४ बजे शीतल निवासमा हुनेछ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग छलफल गर्न लागिएको हो।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको जानकारी दिए।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार