• सोमबार, भाद्र १ २०८३

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, केन्द्रीय कमिटी बैठक स्थगित


सोमबार, चैत्र २ २०७७
550
Shares

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए।

केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको उनले जानकारी दिए।

सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार