• मंगलबार, साउन १२ २०८३

सुरूमा गुलियो, अन्तिममा टर्रो : माधव नेपाल


सोमबार, चैत्र २ २०७७
1K
Shares

नेकपा एमालेका नेता माधवकुमार नेपालले गत फागुन २८ गते गरिएको निर्णय खारेज गर्न माग गरेका छन्।

आज धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा नेता नेपालले गत फागुन २८ को निर्णयलाई शून्य अवस्थामा पुर्‍याउनुपर्ने बताए।

यसैगरी उनले बैठकमा सुरू—सुरूमा राम्रो कुरा भए पनि छुटिने बेला भने टर्रो कुरा भएको बताए।

‘सुरूमा कुराकानी गुलियो, राम्रो भयो। पछि छुटिनेबेला टर्रो कुरा भयो’, उनले भने।

नेता नेपालले चैत ४ र ५ मा राष्ट्रिय भेला राखेका छन्। तर यो भेला नगर्न ओली पक्षले आग्रह गरेको छ।

गत फागुन २८ मा अध्यक्ष ओलीले माओवादीका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने महाधिवेशन मिति तय गरेका थिए।

उक्त निर्णय विधानअनुसार नभएको नेता नेपाल पक्षले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार