काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक सो समितिको बैठक गर्न लागिएको हो।

आज सोमबार दिउँसो २ बजे कार्यव्यवस्था बैठक बस्ने सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको सचिवालयले जनाएको छ।