काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका छन्।
आइतबार केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन्।
अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको नेपालको सचिवालयले जनाएको छ।