• मंगलबार, साउन १२ २०८३

नयाँ सरकार गठन नै अहिलेको राजनीतिक कार्यभारः नारायणकाजी श्रेष्ठ


आइतबार, चैत्र १ २०७७
605
Shares

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रतिगामी र विसर्जनकारी हमला भएकाले एमाले–माओवादी एकता कायम रहन नसकेको बताए ।

एमाले र माओवादीलाई साबिककै अवस्था ब्युताउँने सर्वोच्चको फैसला योजनावद्ध र राजनीतिक रहेको उनले आरोप लगाए । ‘यो राजनीतिक छ, अस्वभाविक छ र षडयन्त्रको उपजमा आएको छ,’ उनले भने ।

उपाध्यक्ष श्रेष्ठले वैदेशिक शक्तिहरुले नेपालमा प्रतिक्रान्ति र हस्तक्षेप निम्त्याउन प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेको बताए ।

‘केपी ओलीको सरकारलाई ढालेर नयाँ सरकार बनाउनु अहिलेको मुख्य आवश्यकता हो । किनकि, वैदेशिक हस्तक्षेपकारी शक्ति र यहाँको प्रतिक्रान्तिको प्रक्रिया यही सरकारमार्फत चलिरहेको छ ।

‘त्यसैले अहिलेको पहिलो राजनीतिक कार्यभार यो सरकार विस्थापित गरेर नयाँ सरकार बनाउने हो’ उनले भने । काँग्रेस, माओवादी र जसपा मिल्दा मात्रै केपी ओली सरकारलाई विस्थापित गर्न सकिने उनले बताए ।

‘जसपा भित्रको अन्तरविरोध देख्नुभएकै छ, तर जसपाको कुनै पक्षलाई पनि आक्रमण गर्ने काम नगरौं । किनकी, जसपालाई कुनै न कुनै ढंगले ओली इतरको गठबन्धनमा ल्याउन प्रयत्न गरिरहेका छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार