• बुधबार, साउन १३ २०८३

विकासलाई तीव्र गतिमा अगाडि बढाएका छौं : प्रधानमन्त्री ओली


आइतबार, चैत्र १ २०७७
550
Shares


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रता दिइरहेको बताएका छन्।

दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी प्रधानमन्त्री ओलीको छ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने ‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्‍याउनुपर्छ।’

उनले विरोधका लागि विरोध गर्नेहरू देशमा रहेको पनि बताएका छन्। देश र जनताप्रति जिम्मेवारी बोध नभएकाहरूले विरोध गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

आफ्नो स्वार्थका लागि मानिसहरूले गीतमा जस्तै जे पनि बेचिदिन्छु भन्ने गरेको प्रधानमन्त्री ओली बताउँछन्।

प्रधानमन्त्री ओलीले २१० स्थानीय तह जोड्ने सडकको आज शुभारम्भ गर्दै उक्त कुरा भनेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार