• बुधबार, साउन १३ २०८३

जसपा कसैको पुच्छर होइन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो : बाबुराम भट्टराई


आइतबार, चैत्र १ २०७७
600
Shares


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा कसैको पुच्छर नभइ आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको जसपाका अध्यक्ष रहेका भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्।

जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटघाटलाई जारी राखेका छन्।

यस्तो बेला तीन कुरा जसपाले जान्नैपर्ने डा.भट्टराई तर्क गर्छन्।

ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ! २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता गर्दैन। ३. यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो।’ जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको संकेत उनको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार