• आइतबार, असोज ११ २०८३

प्रतिगमनकारी शक्तिसँग सहकार्य हुँदैन : बाबुराम भट्टराई


शुक्रबार, फाल्गुन २८ २०७७
700
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली शर्मासँग सहकार्य नहुने बताएका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रतिगमनकारी शक्ति, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी कुनै शक्तिसँग राजनीतिक सहकार्य नहुनेमा आफूहरू प्रष्ट रहेको बताएका छन्।

संघीयता पक्षधर, लोकतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिहरू बीच सहकार्य र समन्वय गरेर मुलुकलाई निकास दिने पक्षमा आफूहरू रहेको भन्दै उनले प्रतिगमनकारी शक्तिसँग एकता र सहकार्य गर्न नसकिने दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार