• मंगलबार, साउन १२ २०८३

सत्ता गठबन्धनका लागि आफ्नै पार्टीको दौडधूपप्रति बाबुरामले दिए यस्तो प्रतिक्रिया


शुक्रबार, फाल्गुन २८ २०७७
765
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नभएको बताएका छन् ।

जसपाका अन्य नेता सत्ता समीकरणका लागि दौडधूप गरिरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।

बिहीवार राति उनले ट्वीट गर्दै देश गम्भीर संकटमा फसेका बेला राजनीतिक दल र नेताहरुको भूमिका अपेक्षित स्तरको नभएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त’ भट्टराईले लेखेका छन्, ‘जसपा त्यो मुसा दौडमा छैन है।’

यता आजै जसपाका शीर्ष नेताहरूसँग नेकपा एमालले सत्ता समीकरणका लागि वार्ता गर्दैछ । बिहीवार बसेको एमाले र जसपाको वार्ता सकारात्मक भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार