• मंगलबार, साउन १२ २०८३

संगठन सुदृढीकरण अन्तरगत सिरानचोकमा काँग्रेसको कार्यक्रम


शुक्रबार, फाल्गुन २८ २०७७
765
Shares

गोरखा । नेपाली काँग्रेसले जनमत विपरित काम नगर्ने केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले बताएका छन् । नेपाली काँग्रेस गोरखाले सिरानचोक गाउँपालिका ५ छोप्राकमा गरेको संगठन सुदृढिकरण एवं कार्यकता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशमा अहिले नयाँ राजनितिक संकट रहेको तर्क गरे ।

कम्युनिष्टहरुले सत्तामा पुग्नका लागि गरेको अनेक प्रपञ्चका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाई छ । विकसित घटना क्रमको बारेमा काँग्रेसले सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको भन्दै उनले जनताको भावना र देशको आवश्यकतालाई ध्यानमा राखेर निर्णय लिइने दाबी गरेका छन् ।

वडा नम्बर ५ का सभापती विष्णुप्रसाद पोखरेलेको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, गण्डकी प्रदेश सभा सदस्यहरु प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, जिल्ला कार्यसमिति सदस्य सि पी पोखरेल, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापती गोबिन्द गुरुङ, प्रदेश सभा क्षेत्र सभापती नारायण गुरुङ, नेबिसंघकी पूर्व केन्द्रिय सदस्य सुनिता पोखरेल, भुपु सैनिक संघ सिरानचोकका अध्यक्ष गुणबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार