काठमाडौं । विश्व मिर्गौला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामूलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै ओलीले नेपालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा. डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।
पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गरे । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने ।
‘मिर्गौला रोगको साथमा स्वस्थ जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइँदैछ ।