काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आज परेको शिवरात्री पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको परम्परागत पहिचान धार्मिक सांस्कृतिक सहिष्णुताको रक्षा गुर्नु पर्ने बताएका छन् ।

सबैको आस्थाको सम्मान र धार्मिक सहिष्णुताको रक्षा गर्नुपर्नेमा जोड दिदै नेता भट्टराईले शिवरात्रीको अवसरमा शुभकामना दिएका हुन्।

’महान् पर्व महाशिवरात्रीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना,’ बिहीबार बिहान पूर्वप्रधानमन्त्री डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको आस्थाको सम्मान गरौं। नेपालको परम्परागत पहिचान धार्मिक सांस्कृतिक सहिष्णुताको रक्षा गरौं!’