
गोरखा । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना सम्पन्न भइसक्ने बेलामा निर्माण सुरु नै नहुनु दुखद भएको बताएका छन् । शहिद लखन गाउँपालिका ६ घैरुङ स्थित हिमालय माविको नवनिर्मित भवन उद्घाटन गर्दै उनले गोरखा ऐतिहासिक जिल्ला भएर पनि बिकासको काममा पछि परेको बताएका हुन।
‘गोरखा ऐतिहासिक थलो भएकाले बिकास समृद्धीको नमूना बनोस भन्ने हामी सबैको चाहना थियो । केही ठूला परियोजनाहरुको परिकल्पना गरेर सुरु पनि भएका हुन,’ उनले भने,‘बुढीगण्डकी आयोजना समयमै बनिदिएको भए, विभिन्न खालका चलखेलहरु नभइदिएको भए सात वर्ष भित्र पुरा भइसक्नु पर्ने थियो । तर अहिलेसम्म निर्माण समेत सुरु हुन सकेको छैन ।’ बुढीगण्डकी आयोजनाले सो क्षेत्रका जनताको जीवनमा आमुल परिर्वतन हुन सक्ने भएपनि दुर्भाग्यवस जनता विस्तापित हुनुपर्ने अबस्था कायम रहेको उनले बताए ।

भूकम्पपछि जिल्लाका विद्यालयहरुमा भौतिक संरचना निर्माणमा राम्रो प्रगती भएपनि शिक्षक दरबन्दी भने कमी रहेको डाक्टर भट्टराईको भनाई छ । बैज्ञानीक र व्यवसायीक शिक्षामा जोड दिन उनले विद्यालयहरुलाई आग्रह समेत गरेका छन् ।
भट्टराईले देश ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले संकट भने अझै नटरेको तर्क गरे । ‘ठूलो त्याग र वलिदान गरेर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्रको नोक्सान गर्न प्रतिगामी कदम हुन पुग्यो,’ उनले भने, ‘ अदालतबाट संसद पुर्नस्थापना भएको छ अहिले ठुलो दुर्घटनाबाट वचेजस्तो त भएका छौ । तर संकट भने अझै टरिसकेको छैन ।’


लोकतन्त्रको जग भत्काउने प्रवृती परास्त नभएको भन्दै उनले मुलकमा अझै भस्मासुर प्रवृत्ती बाकी रहेको बताए । अहिले नेपालको राजनितिक निकै तरल अबस्थामा पुगेको उनको भनाई छ । ‘हामीले राजनितिक दल विच गम्भिर परामर्श गरिरहेका छौं,’ समाजवादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष समेत रहेका भट्टराइले भने,‘ससद अधिवेशन पनि शुरु भएको छ, त्यहाँ पनि आफ्ना विचार राख्ने क्रम जारी छ ।’
कार्यक्रममा बोल्दै गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले प्रगती चाहने शक्ति एक हुनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्व्य समिती गोरखाका प्रमुख अशोककुमार गुरुङ, भारतीय दुताबासका करुण बंशल, जिल्ला समन्नय समितीको उप–प्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, गाउपालिका उपाध्यक्ष इन्दिरा तिवारी, जनता समाजबादी पाटीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठ, राजनितीक दल, जनप्रतिनिधी, कर्मचारी, स्थानीय समाजसेवी, बुदिजिवी, विद्यालय लागी सहयोग गर्ने चन्दादाताहरुले समेत मन्तव्य राखेका थिए ।
सो अबसरमा ,राष्ट्रिय कलाकार प्रकास गुरुङ, सुमित्रा तामाङले समेत सास्कृतिक प्रस्तुती देखाएका थिए । भारत सरकारको ४ करोड ८२ लाख रुपैयाँमा सहयोगमा रौताहा कन्ट्रसन प्रालिले उक्त भवन निर्माण गरेको विद्यालयले जनाएको छ ।
