• आइतबार, असोज ११ २०८३

असन्तुष्ट पक्षलाई हामी सम्मानजनक व्यवहार गर्छौं : सुवास नेम्बाङ


बुधबार, फाल्गुन २६ २०७७
680
Shares

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्बाङले असन्तुष्ट पक्षलाई आफूहरूले सम्मानजनक व्यवहार गर्ने बताएका छन्।

बुधबार संसद बैठकबाट बाहिरिँदै नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका नेपाल–खनालसहित उनी पक्षीय नेताहरु पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गरेका हुन्।

संसद विघटन गर्ने ओलीको कदमप्रति विरोध जनाउँदै नेपाल–खनालसहितका नेताहरु प्रचण्ड खेमामा रहेर सरकारविरुद्ध आन्दोलन गरेका थिए ।

तर नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार