• मंगलबार, साउन १२ २०८३

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित


बुधबार, फाल्गुन २६ २०७७
700
Shares

काठमाडौँ । संसद पुनर्स्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो।

बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार