• मंगलबार, साउन १२ २०८३

देशमा संकट अझै टरेको छैन : बाबुराम भट्टराई


बुधबार, फाल्गुन २६ २०७७
750
Shares

गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा संकट अझै टरी नसकेको बताएका छन् ।

गोरखाको शहिदलखन गाँउपालिका घैरुङमा हिमालय मा.विको भवन उद्घाटन गर्दै पूर्वप्रधानमान्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन् ।

‘हामीले त्यत्रो बलिदान गरेर बनाएको संबिधानलाई लत्याएर प्रतिगामी कदम चालियो’ डा. भट्टराईले भने ‘तर आज संबिधानले जितेको छ, देशले न्याय पाएको छ’ । संसद पुनर्स्थापना भएपनि देशमा अझै संकट नटरेको उनले बताए ।

साथै उनले प्रतिगामी तत्वलाई परास्त गर्न सबै दल एकै ठाउँमा उभिनुको बिकल्प नरहेको समेत बताएका छन् ।

त्यस्तै राजनितिक चलखेलका कारण बुढिगण्डकी आयोजना अघि बढ्न नसकेको समेत भट्टराईको आरोप छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार