• मंगलबार, साउन १२ २०८३

राप्रपाको गण्डकी प्रदेश उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का


बुधबार, फाल्गुन २६ २०७७
855
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनित गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार गण्डकीसहित पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् ।

गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का मनोनित भएका छन् ।

यस्तै प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनित भएका छन् ।

त्यसैगरी लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरीलाई मनोनित गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार