गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेले गोरखा सदरमुकामको चाइनिज धारास्थित मदन आश्रीत स्मृति प्रतिष्ठानको भवनमा एमालेको वोर्ड राखिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि मंगलबार साविकको एमालेले गोरखामा रहेको पार्टी कार्यालयको भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एलालेको बोर्ड राखेको हो ।

दुई पार्टी वीचको एकतापछि बनेको साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादीको पार्टी कार्यालय पाटेचौरबाट गतिविधि सञ्चालन गर्दै आइरहेको थियो ।


चाइनिज धारामा रहेको एमालेको पार्टी कार्यालयलाई भातृ तथा सुभेक्षुक संस्थाको कार्यालय बनाईएको थियो ।
तर पछिल्लो समय नेकपामा विवाद देखिन थालेपछि केपी ओली पक्षले चाइनिज धाराको कार्यालयलाई प्रयोग गर्ने गरेको थियो । प्रचण्ड माधव समूहले पनि उक्त कार्यालय दाबी गरेपछि विवाद समेत सिर्जना भएको थियो ।

आइतबार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्युँताइदिए पछि कार्यलयमा एमालेको वोर्ड राखिएको नेतृ सम्झना देवकोटाले जानकारी दिइन् ।
