• आइतबार, असोज ११ २०८३

नयाँ रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


मंगलबार, फाल्गुन २५ २०७७
720
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज मंगलबार बस्दैछ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा तत्कालीन नेकपामा रहेका स्थायी समिति सदस्यहरुको बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भएर बनेको नेकपालाई मान्यता नदिएर पुरानै दुई पार्टी कायम रहने फैसला गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

बैठकमा नयाँ परिस्थितिको समीक्षा गर्दै आगामी दिनको रणनीति तय गरिने स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार