• आइतबार, असोज ११ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


मंगलबार, फाल्गुन २५ २०७७
630
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। एक मन्त्रीले दिएको जानकारीअनुसार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार