बुटवल । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लप’ कपिलवस्तु पुगेका छन् ।
नेपाल सरकार र विप्लपबीच फागुन २१ गते तीन बुँदे हस्ताक्षर भएपछि विप्लप सार्वजनिक भएका थिए ।
विप्लप पहिलो पटक सार्वजनिक रूपमा अखिल नेपाल महिला सघं क्रान्तिकारी ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न कपिलवस्तु पुगेका हुन् ।
विप्लपको गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढिमा आयोजित राष्ट्रिय सम्मेलनलाई उनले सम्बोधन गरेको आनेमसंघकी अध्यक्ष बन्धु चन्दले जानकारी दिइन् ।