• मंगलबार, साउन १२ २०८३

ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड


सोमबार, फाल्गुन २४ २०७७
1.6K
Shares

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेकपाको जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो ।

सर्वोच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार