गोरखा । अन्तराष्ट्रिय १११ औं नारी दिवशका अवसरमा सदरमुकाममा लैंगिक हिंशा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघ जिल्ला कार्यसमितिको आयोजनामा भएको कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय महिला हिंशा, बालिका बलात्कार लगायतका घटना बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गरेका छन् ।

संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव न्यौपानेले महिला हिंशा न्यूनिकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयनसहित स्वयम महिला नै सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लैंगिक हिंशा र अवस्थाका बारे अधिवक्ता एवं नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघकी पूर्व केन्द्रिय सदस्य रबिकला खनाल, नेपाली काँग्रेसका क्षेत्रिय सभापति गोविन्द गुरुङ, जिल्ला सदस्य मिना अधिकारी, नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रिय सदस्य शोभा अधिकारी, महिला संघकी जिल्ला उपाध्यक्ष रिता देवकोटा, सचिव पुष्पा श्रेष्ठ, सहसचिव सपना पुन, लोकतान्त्रिक महिला समाजकी अध्यक्ष सरुना पोखरेल लगायतले प्रशिक्षणमूलक मन्तब्य राखेका थिए ।
