• सोमबार, साउन ११ २०८३

शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई दिनु हुँदैनः मुख्यमन्त्री गुरुङ


आइतबार, फाल्गुन २३ २०७७
605
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् ।

आइतबार पोखरा महानगरपालिका–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले विपदका वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनीय रहेको वताए ।

मुख्यमन्त्री गुरुङले संकटको बेला निजी स्वास्थ्य संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना समेत गरे ।

उनले तीन तहको सरकार वीच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने बताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नु पर्नेमा जोड दिए।

स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी वनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत वताए ।

मुख्यमन्त्री गुरुङले वर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिती आएको वताए ।

उनले जनताबाट तिरस्कृत भएकाहरुले पार्टी र सरकार चलाउन खोजेको र त्यो कार्य पुरा हुन नसक्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार