काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर भएको छ।
शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सरकार र नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको थियो।
दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।
सोही सहमतिको विस्तृत विवरण आज हस्ताक्षरका साथ सार्वजनिक गरिएको हो।