काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।
सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।
आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए ।
शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।
सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।