• सोमबार, साउन ११ २०८३

विप्लवले भेटे नवलपरासीमा सहिद परिवार, केहि बेरमा काठमाण्डाै पुग्ने


शुक्रबार, फाल्गुन २१ २०७७
590
Shares

सरकारसँग सम्झौताका लागि हस्ताक्षर र सम्बोधन गर्न नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदैछन्। 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिँदै छन्।  सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति बमोजिम ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनका लागि राति नै आउने तयारी गरेका विप्लव  आज विहान नवलपरासीबाट  काठमाडौं आउँदै गरेको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएकाे समाचार थाहाखबरमा प्रकाशित छ ।

काठमाडौं आउनु अघि उनले सहिद परिवारलाई भेटेका थिए। त्यसपछि उनी काठमाडौं हिँडेको डुम्रेको भनाइ छ। 

यसरी सार्वजानिक भए विप्लव

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार