• सोमबार, साउन ११ २०८३

सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ : बाबुराम भट्टराई


बिहिबार, फाल्गुन २० २०७७
805
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति स्वागत योग्य भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले सहमतिको स्वागत गर्दै सरकारले सांसद रेशम चौधरीलगायत थारू विद्रोहका सबै राजबन्दीलाई रिहाइ गर्नुपर्ने माग गरेका छन्।

उनले संक्रमणकालका सबै समस्याको समाधान राजनीतिक रेशम चौधरी लगायतका थारु विद्रोहका राजबन्दीसँग पनि सार्थक वार्ता गरेर समस्याको समधान गर्न आग्रह गरेका छन्।

‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ ! यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस् ! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ ! ’, उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार