• सोमबार, भाद्र १ २०८३

एकताका लागि ओली र प्रचण्डलाई घेराबन्दी गर्छौँ : वामदेव गौतम


बिहिबार, फाल्गुन २० २०७७
725
Shares

काठमाडौं । नेकपाका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोगक वामदेव गौतमले पार्टी एकताका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने बताएका छन्।

कोरोना भाइरसविरुद्धको खोप लगाउन बिहीबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका उपाध्यक्ष गौतमले पत्रकारसँग कुरा गर्दै नेकपाका दुवै समूहका दोस्रो तहका नेताहरुसँग मिलेर पार्टी एकताका लागि ओली र प्रचण्डलाई घेराबन्दी गर्ने बताएका छन्।

उनले दुई नेतालाई चौतर्फी घेराबन्दी गर्न सके मात्रै एकता सम्भव हुने बताए।

‘दुवै समूहका दोस्रो तहका नेताहरुसँग मिलेर हामीले एकतका लागि घेराबन्दी अभियान चलाउँदै छौं’, गौतमले भने, ‘चारैतिरबाट यी दुई जना नेतालाई घेराबन्दी गर्न सकियो भने पार्टी एक बनाउन सकिन्छ।’

उनले ओली र प्रचण्ड दुवै जनाका पछिल्ला अभिव्यक्ति एकता भन्दा पनि बढी फुटका पक्षमा भएको बताए।

उपाध्यक्ष गौतमले पार्टी एक नभएसम्म आफ्नो प्रयत्न नरोकिने बताए। उनले आफूले माथिबाट भन्दा पनि तल्लो तहबाटै एकताका लागि दबाब दिने अभियान सञ्चालन गर्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार