• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री हुने अवसर पायो भने भाग्नेवाला छैन: देउवा


बुधबार, फाल्गुन १९ २०७७
680
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका छन्।

उनले यो कुरा आज चितवनमा आयोजित कार्यक्रममा भनेका हुन्। ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार