• मंगलबार, कार्तिक ११ २०८३

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ: शशांक कोइराला


बुधबार, फाल्गुन १९ २०७७
700
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डनेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

उनले चितवनमा आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड—नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानको अर्थ नहुने बताए।

प्रतिनिधिसभाका सदस्य कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

उनले सबभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।

फरक प्रसङ्गमा महामन्त्री कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरू हुने जनाउँदै अब भने मिति नसर्ने बताए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार