• सोमबार, साउन ११ २०८३

नेकपा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाले लगाए कोरोना खोप


बुधबार, फाल्गुन १९ २०७७
675
Shares

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन सुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो।

बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, दुबै सदनका सांसदसहित उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीलाई पनि खोप लगाइने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार