• सोमबार, साउन ११ २०८३

सरकार र विप्लव समूहबीच वार्ता सुरु, स्थान गोप्य


बुधबार, फाल्गुन १९ २०७७
660
Shares

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच अहिले वार्ता भइरहेको छ।

एक घण्टादेखि काठमाडौंमै वार्ता भइरहेको हो। सरकारी र विप्लव दुबै समूहले वार्ता स्थान भने खुलाउन अस्वीकार गरेको छ।

‘सरकारसँग हाम्रो वार्ता टोलीको वार्ता भइरहेको छ,’ विप्लव निकट स्रोतले भन्यो, ठाउँको बारेमा अहिले सार्वजनिक नगर्ने भन्ने छ ।’

हिसांत्मक गतिविधि गर्दै आएको विप्लव समूहसँग वार्ता गर्नको लागि सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

विप्लव समूहले पनि मंगलबार नै खड्गबहादुर विश्वकर्मा र उदय चलाउने दीपक रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

सरकारले वार्ता सँगसँगै विप्लव माथि लगाएको प्रतिबन्ध फुकुवाको निर्णय गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार