• शनिबार, असोज १० २०८३

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं : प्रवक्ता गुरुङ


मंगलबार, फाल्गुन १८ २०७७
815
Shares

काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार