काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्षको गाडीबाट लाखौँ रूपैयाँ बरामद गरेको छ ।
अनुसन्धान आयोग टंगालको टोलीले धनुषाकै छिरेश्वर नगरपालिका ५ मा बाटो छेउमा फ्याँकिएको सो नगद बरामद गर्नुका साथै सवारी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिइएको हो ।
अध्यक्ष भने फरार भएका छन्। भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख घुस लिएको अख्तियारले जनाएको छ।
घुस लिएर गाउँपालिका अध्यक्ष भागेको प्र—२—०२—००१झ ०००२ नम्बरको स्कार्पियो गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर गाउँपालिका—४ बाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
अख्तियारको टोली पछि लागेको थाहा पाएपछि क्षेत्रीले भने घुस रकम छिरेश्वर नगरपालिका—५ को बाटोमा फ्याँकेर भागेको रिसालले बताए।