• शनिबार, असोज १० २०८३

डेढ वर्ष प्रतिपक्षमा बस्न तयार छौँ : ओली


सोमबार, फाल्गुन १७ २०७७
785
Shares

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू डेढ वर्ष प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्।

सोमबार सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डेढवर्ष प्रतिपक्षमा बसेर त्यसपछि दुई तिहाइ बहुमत ल्याउने बताएका हुन्।

‘हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ, डेढ वर्षपछि फेरि दुई तिहाइ बहुमत ल्याउँछौँ’, प्रधानमन्त्री ओलीले भने।

उनले आफूहरुलाई कुनै ढाँट छल र तिकडम गर्नु नभएको भन्दै ओलीले आफूहरुको एकमात्र उद्देश्य देश बनाउनु भएको पनि दावी गरे । देश बनाउने अभियानमा जनताको साथ रहने ओलीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार