• सोमबार, भाद्र १ २०८३

मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री


सोमबार, फाल्गुन १७ २०७७
615
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि कुनै शारीरिक हमला हुन सक्ने बताएका छन्।

पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा सोमबार प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार केन्द्रीत रहेको सुनाएका छन्।

यसो हुनुमा सरकारले प्रभावकारी र गतिशील ढंगले विकास निर्माणका काम गरिरहेको उनले उल्लेख गरेका छन्।

‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने।

तर यस्तो हुन नदिने उनले बताए। सतर्कता अपनाइने ओलीको भनाइ थियो।

‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं। म रहिनँ भने पनि पार्टी र आन्दोलन छ। घुँडा टेक्न हुन्न। देश बनाउने र पार्टी अन्धकारमा पुर्‍याउन हुन्न,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार