• सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीले गरे गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास


सोमबार, फाल्गुन १७ २०७७
845
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् ।

पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन नजिकै बन्‍न लागेको प्रशिक्षण प्रतिष्ठानको सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । प्रतिष्ठान ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा बनाउन लागिएको हो ।

प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले प्रतिष्ठान गठन गरेको हो।

अध्ययन अनुसन्धानलाई प्रदेश तथा स्थानीय तहका नीति तथा कार्यक्रममा प्रयोग गरी प्रभावकारितामा अभिबृद्धि गर्ने कार्यमा प्रतिष्ठान केन्द्रित रहने छ । सबै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसँग हातेमालो प्रतिष्ठानले गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार