• सोमबार, साउन ११ २०८३

बाबुरामलाई छिट्टै शल्यक्रिया गर्नु पर्ने


सोमबार, फाल्गुन १७ २०७७
625
Shares

काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

न्युरो—इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डा.भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइरहेका छन् ।

परीक्षण सकिएकोले भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार