गोरखा । नेपाली काँग्रेस गोरखाले संगठन सुदृढीकरण र कार्यकता प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ ।

जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक, भीमसेन, धार्चे, पालुङ्टार, गोरखा नगरपालिका लगायतका अधिकाशं स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु भइरहेको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
सोही अनुरुप आइतबार सिरानचोक गाउँपालिका स्तरीय दलित अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल दलित संघकी सिरानचोक अध्यक्ष बिमला सिर्मलको अध्यक्षता, तथा मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अबसरमा बोल्दै अध्यक्ष सतारले जातियताको कुरा गरेर कम्युनिष्टहरुले दलित समुदायलाई सत्ताको भ¥याङ मात्र बनाएको बताएका छन् । तत्कालिन माओवादीले जातिय, बर्गिय, लैगिक, भेगिय कुरा उचालेर जनसमर्थन लिएको तर उक्त समुदायको हितमा केही पनि काम नगरेको उनको आरोप छ ।


नेपाली काँग्रेसले स्थापना काल देखिनै सबै जाती, भाषा, धर्मलाई समान व्यवहार गर्ने गरेको उनको दाबी छ । पछाडी परेका वर्ग र समुदायको हक अधिकार प्राप्ती र जिवनस्तर उकास्न काँग्रेस सधै लागि रहने विश्वास समेत उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य एवं गाउँपालिका अध्यक्ष राजु गुरुङ, जिल्ला सदस्य सि पी पोखरेल, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार गुरुङ, क्षेत्रिय सभाती गोबिन्द गुरुङ, दलित संघका केन्द्रिय सदस्य ईश्वर परियार, दलित संघका केन्द्रिय आमन्त्रीत सदस्य हरि गान्धारी, केन्द्रिय टे«ड युनियन बिभाग सदस्य नबिन श्रेष्ठ, क्षेत्रिय सचिव मानप्रसाद धिताल, अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमायाँ गुरुङ, आरुघाट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, आमन्त्रित जिल्ला सदस्य इतराज सुनार, दलित संघका कार्यवाहक जिल्ला अध्यक्ष नेत्रलाल बिक, वडा नम्बर २ पार्टी सभापती चक्रबहादुर गुरुङ, दलित संघका जिल्ला सचिव राजु बिक, निर्वाचित वडा सदस्य रामकुमारी बिक, दलित संघका क्षेत्रीय सचिव योगेन्द्र बिक लगायतले मन्तव्य राखेको थिए ।

सोही अबसरमा बिर्मला सिर्मलको अध्यक्ष १३ सदस्य सिरानचोक गाउँपालिका स्तरिय दलित संघ पुर्नगठन भएको छ । जसको उपाध्यक्षमा बुद्धिबहादुर बिक, सचिवमा बिकल रम्तेल सहसचिवमा टुकबहादुर बिक र कोषाध्यक्षमा रमेश लम्साल चयन भएका छन् ।