• सोमबार, भाद्र १ २०८३

प्रधानमन्त्री ओली पोखरा आउँदै


सोमबार, फाल्गुन १७ २०७७
780
Shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन्। प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार करिब बिहान ११ बजे पोखरा आउनेछन्।

प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पोखरा आउन लागेका हुन्।

त्यसपछि दिउँसो १ बजे नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ।
ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार