• शनिबार, असोज १० २०८३

रघुजीविरुद्ध अदालत जाने कोमल वलीको चेतावनी


आइतबार, फाल्गुन १६ २०७७
665
Shares

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपाको प्रचण्ड—नेपाल पक्षका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै अदालत जाने चुनौती दिएकी छिन्।

दाङमा रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

वली नेकपामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा छिन्।

पन्तले शनिबार पार्टीको एउटा भेलामा ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन्। कपाल फुलेका बुढी कामरेडहरू न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन् ’ भन्दै टिप्पणी गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार