• सोमबार, साउन ११ २०८३

गृहमन्त्री थापाले हटाए स्वकीय सचिव


आइतबार, फाल्गुन १६ २०७७
1.1K
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार