• सोमबार, भाद्र १ २०८३

अवहेलना मुद्दामा सर्वोच्च पुगेर प्रचण्डले पेस गरे लिखित जवाफ


आइतबार, फाल्गुन १६ २०७७
655
Shares

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) बिहान सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गरेका छन्।

आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेस गर्न प्रचण्ड आफैं अदालत उपस्थित भएका हुन्।जवाफ बुझाएर प्रचण्ड अदालतबाट फर्किसकेका छन्।

गत माघमा विराटनगरमा आयोजित विरोध सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका छन्।

जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार