• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री आज गृहजिल्ला जाँदै


आइतबार, फाल्गुन १६ २०७७
615
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जाने भएका छन्।

त्यसका लागि उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ।

औद्योगिक क्षेत्र शिलान्यासलगायत कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्।

उनले आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम छ। चीनको सहयोगमा झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने गरी ‘चीन नेपाल मैत्री औद्योगिक पार्क’ निर्माण गरिँदै छ।

यस्तै रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार