• सोमबार, साउन ११ २०८३

नेकपाले ग¥यो गोरखामा शहिद तथा बेपत्ता परिवारको सम्मान


आइतबार, फाल्गुन १६ २०७७
740
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाले माओवादी शसस्त्र द्धोन्द्धमा मारिएका शहिद र बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ ।

शनिवार पार्टी कार्यालय पाटेचौरमा आयोजित एक कार्यक्रमका वीच उनीहरुलाई सम्मान गरिएको कार्यालय सचिव अंकुर तिमिल्सीनाले बताए । सो अबसरमा १८८ शहिद तथा २० जना बेपत्ताको परिवारलाई सम्मान गरिएको नेकपा गोरखाले जनाएको छ ।

माओवादी शसस्त्र द्धोन्द्धका पहिला शहिद दिलबहादुर रम्तेलको मृत्यु भएको दिन फागुन १४ गते देखि फागुन २१ गतेको सुखानी घटना सम्मको अवधीलाई तत्कालिन माओवादी शहिद सप्ताहको रुपमा मनाउने गर्थो ।

पार्टी एकिकरणपछि नेकपाले पनि यो दिवश मनाउँदै आइरहेको छ ।

जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी, युवा नेता लेखनाथ न्यौपाने, जिल्ला इन्र्चाज कृष्ण धिताल, सहइन्चार्ज अम्बर तमु, नेतृ शुशिला सिम्खडा र जुद्धबिलाश भण्डारीले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार